Ads

रेशम चौधरीलाई माफी दिने सरकारको निर्णयविरुद्ध मुद्धा दर्ता, सुनुवाइ भोलि नै


काठमाडौं । १६ औं गणतन्त्र दिवसका अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गर्ने सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ । टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा देशका तीनै तहका अदालतबाट जन्मकैद तोकिएका चौधरीको करिब एक चौथाई कैद भुक्तान हुँदा नहुँदै छोडिएको भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।

टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी छिन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् । चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू