काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । यसअघि संघीय संसदका दुवै सदनबाट पारित भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निश्क्रिय बनाएको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् ।
अघिल्लो संसदका दुवै सदनले पारित गरेर नागरिकता विधयेक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति भण्डारीकहाँ दुईपटक पठाएको भए पनि उनले प्रमाणीकरण गरेकी थिइनन् । भण्डारीले देशको हितविपरितका कतिपय प्रावधान रहेको र महिलाविरोधी रहेको भन्दै सो विधेयक प्रमाणित नगरी संसदमा फिर्ता
पठाएपछि पुनः संसदबाट जस्ताको तस्तै पारित भएको थियो । भण्डारी राष्ट्रपति रहन्जेल संविधान बमोजिम १५ दिनभित्र प्रमाणित नभएको विधेयक पुन संसदले पारित गर्नुपर्ने विज्ञहरुले बताइरहेका बेला राष्ट्रपतिले सरकारको अनुरोधमा प्रमाणित गरेका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु दुर्भाग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ भने अदालतले जन्मकैदको फैसला गरेर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिनेपछिको दोश्रो घाती कदम भन्दै राष्ट्रपति पौडेलकोसमेत आलोचना सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्