लुम्बिनी । कीर्तिमानी धावक बैकुण्ठ मानान्धरको नेतृत्वमा लुम्बिनीमा रहेको विश्व शान्ती द्विपबाट बुद्ध ज्योती सगरमाथा आधार शिविर पुर्याईएको छ। लुम्बिनी र सगरमाथाको सम्बन्ध स्थायी बनाउने उद्देश्यले बुद्ध ज्योती सगरमाथा आधार शिविर पुर्याईएको हो।
विश्वको सबैभन्दा अग्लो स्थानमा बिगत १९ बर्षदेखि “हिलारी–तेन्जिङ्ग एभरेष्ट म्याराथन” हुँदै आएको छ। सगरमाथा आधार शिविरदेखि सोलुखुम्बुको नाम्चे बजारसम्म करिब ४२ किलोमिटरको म्याराथनमा भाग लिनकै लागि विभिन्न देशबाट धावकहरु आउने गरेका छन्।
उच्च हिमाली स्थानमा भएको म्याराथनमा धावकहरुलाई उर्जा दिनको लागि लुम्बिनीबाट “बुद्ध ज्योती” पुर्याउने गरिएको हो। यस वर्ष पनि विभिन्न देशका धावकहरुका साथै स्वदेशी धावकहरुले पनि म्याराथनमा सहभागीता जनाएका थिए। कार्यक्रमको समापनपछि स्वदेशी पहिचान झल्किने विभिन्न झाँकी र नृत्यहरु प्रदर्शन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्