Ads

नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। सङ्गठनको शनिबार राति काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल निर्वाचित भए ।

यस्तै, उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा रुपकलाल श्रेष्ठ, रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित भएको निर्वाचन अधिकृत छविलाल न्यौपानेले जानकारी दिए । अधिवेशनले सङ्गठनका पूर्वअध्यक्ष डोलनाथ खनाललाई प्रमुख सल्लाहकारको भूमिका प्रदान गरेको छ । अधिवेशनले कोशी प्रदेशको संयोजकमा रामकुमार हिङमाङ, बागमती प्रदेशको संयोजकमा गुणराज घिमिरे, गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारी र लुम्बिनी प्रदेशको संयोजकमा जितेन्द्र खत्रीलाई जिम्मेवारी दिएको छ ।
बाँकी तीन प्रदेशको जिम्मेवारीसमेत चाँडो दिइने बताइएको छ ।अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गङ्गा कार्कीले मुलुकलाई समाजवादी यात्रामा अगाडि बढाउनका लागि यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । “मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई अगाडि बढाउन सरकारको साथ र सहयोग रहन्छ”, उनले भने । नवनिर्वाचित अध्यक्ष  श्रेष्ठले राज्यले यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सुविधासम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । उनले २० वर्षे सवारी साधन हटाउने निर्णय इन्जिन परीक्षणको नतिजाका आधारमा हुनुपर्ने उल्लेख गरे ।
Ads

सम्बन्धित पोष्टहरू