बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।
मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बताए ।
उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी थापाले बताए ।
दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्