काठमाडौं । आज धनगढीका लागि उडेको श्री एयरको जहाजको ढोका खुलेपछि गन्तव्यमा नलगी काठमाडौंमै फिर्ता गरिएको छ । आज बिहान काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि फिर्ता गरिएको हो ।
धनगढी विमानस्थल स्रोतका अनुसार ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको छ । विमानस्थलका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन् । विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्