Ads

पाँडी गाउँ सडकसँग जोडिएपछि…..


बाजुरा, । लामो समयपछि पाँडी गाउँ सडक संजालसँग जोडिएको छ । जिल्लाको हिमाली गाउँपालिका –६ स्थित पर्ने पाडी गाउँ अब सडक सञ्जालसँग जोडिएको हो । पाडी गाउँ सडकसँग जोडिएको मात्र होइन स्थानीय बासीको खुशिका दिन आएका हुन् । विगतमा घण्टौ समय लगाएर हिड्नुपर्ने हुन्थो अब गाउँबाटै गाडी चडेर गाउँपालिकाको केन्द्र लगाएत सदरमुकामसम्म पुग्न सकिने छ । अहिले गाउँ सडकसँग जोडिएको छ । यसले गर्दा निकै सहज भएको स्थानीय बताउछन् ।

गाउँमा सडक पुगेपछि आवतजावत गर्नमात्र सहज भएन घरका लागि चाहिने रासन चामल, तेल, नुन जस्ता सामाग्री घरसम्म ल्याउन पहिलेको भन्दा अहिले निकै सहज भएको स्थानीय उमेश रोकायाले जानकारी दिए ।

सडकले गाउँका जटिल बिरामीलाईसमेत अस्पतालसम्म लैजानका लागि पनि सजिलो भएको अर्का स्थानीय गोर बहादुर रोकायाल बताए । उनले भने, सडक नहुँदा विरामीहरुले उपचार नपाएर ज्यान गुमाउनुपरेको थियो । अहिले बिरामीलाई उपचार गर्न सहज भएको रोकायाको भनाई छ । विगतमा घण्टौ हिटेर यातायात चडेर अस्पतालसम्म पुग्नुपरेको थियो उनले भने, अहिले ३० मिनेट हिडेर गाडी जडेन पाउँदा केहि राहत भएको छ ।

गाउँ सडकसँग जोडिएपछि सामाजिक सुरक्ष भत्ताका लागि गाउँपालिकासम्म पुग्न सहज भएको एक जना बृद्धाले खुशि व्याक्त गरेका छन् । उनले खुशिहुदै भने पहिला–पहिला भत्ता लिन एक दिन हिड्नुपरेको थियो । अब सजिलो हुने भयो ।

गाउँ नजिकै बुन्ना भन्ने ठाउँ सम्म सडक पुगेको छ । यसले गर्दा स्थानीयलाई ठुलो टेवा पुगेको छ । स्थानीय हर्कबहादुर रोकायाले भने, पहिला घरका लागि चाहिने समाग्री बजारबाट मानिसले बोकेर ल्याइन्थो । अहिले गाउँमै गाडी नपुगेपनि ३० मिनेट लागेपनि धेरै सहज भएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू