काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज ठुलो गोलभेँडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ तोकिएको छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच हुनेछ ।
स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्री हुँदा लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोसा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोसा १४० रुपैयाँमा किन्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्