Ads

 नेपालमै पहिलोपटक ड्रागनबोट रेस पोखरामा हुने


पोखरा ।  नेपालमै पहिलोपटक ड्रागनबोट रेस पोखरामा हुने भएको छ। फेस्टिभलका लागि चीनबाट ८ बटा ड्रागनबोट पोखरा ल्याइसकिएको छ। प्रतियोगिताको सहआयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार चीनबाट आएका बोटको फेवातालमा बुधबार परीक्षणसमेत गरिएको र परीक्षण सफल भएको छ।

फेस्टिभलमा फेवातालमा पाँच सय र एक हजार मिटरका बोट रेस हुनेछन्। रेसमा चीनका चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने र एउटा टोलीमा १२ जना खेलाडी रहनेछन्। कार्यक्रम सम्पन्न गर्न दुई करोड ५० लाख खर्च हुने र सो खर्च आयोजक र सहआयोजकले जुटाउने भएका हुन्।

पहिलो अनुभव हेरेर अर्को वर्षदेखि एसियन फेस्टिभल गर्ने तयारी आयोजकको छ । फेस्टिभलपछि बोटको जिम्मा र संरक्षण पोखरा महानगरपालिकाले गर्ने भएको छ। चाइना दूतावासको सहयोगमा दुई करोड ४० लाख पर्ने आठ वटा बोट पोखरा ल्याइएको हो।

Ads

सम्बन्धित पोष्टहरू