Ads

बोसिया खेलको लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग


काठमाडौँ, । अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया सङ्घले पूणर् र अति असक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफि, सिवियर स्पाइनल लगायत) अपाङ्गता भएका व्यक्तिहरुको खेल विकासका लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सङ्घद्धारा यहाँ आज आयोजित पूणर् र अति असक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफि, सिवियर स्पाइनल लगायत) अपाङ्गता भएका व्यक्तिहरुको खेल विकासका लागि ‘बोसिया खेलको आवश्यकता, महत्व र खेल विकासको बारेमा खेलाडी र सरोकारवातासंगको अन्र्तक्रिया कार्यक्रम’ मा सङ्घले अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको लागि नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

सङ्घले सरकारले नै अपाङ्गता भएका व्यक्तिहरुबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रिय स्तरको खेल प्रतियोगिता गर्नुपर्नेमा समेत जोड दिएको छ । सङ्घकी अध्यक्ष गोमा पौडेलले भने, “अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलको लागि समस्या छ, मुख्य कुरा त ट्याक्सी प्रयोग गर्नुपर्ने हुन्छ तर पैसा हुँदैन, उनीहरुलाई यातायात भाडाको समस्या छ, त्यसको लागि सरकारले विशेष बजेट मार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अर्को अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ ।” अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अति अशक्त व्यक्तिलाई राज्यले विशेष सुविधा दिनुपर्ने उनको भनाइ थियो ।

बाग्मती प्रदेशका सांसद लक्ष्मी घिमिरेले बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले प्रदेश स्तरबाट निर्माण हुने खेलसम्वन्धी नीति÷नियम, ऐन÷कानून लाई अपाङ्गमैत्री बनाउन सक्दो पहल गर्ने प्रतिबद्दता व्यक्त गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अपाङ्गमैत्री भौतिक संरचनाको निम्ति राज्यले नै नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समग्र खेलकुद क्षेत्रको विकासको लागि खर्च गर्दैगर्दा बोसिया खेलको निम्ति पनि लगानी गर्नुपर्ने धारणा राखिन ।

Ads

सम्बन्धित पोष्टहरू