काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बस्नेछ । आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्