Ads

पोखरीमा डुबेर दुई बालकको मृत्यु


जाजरकोट। जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन्।

नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटीका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर मृत्यु भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू