Ads

लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली जाएका । उनीउपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू