Ads

२०८० ज्येष्ठ ३० गते मङ्गलबार, तपाईको दैनिक राशिफल


मेष (चुचेचोलालिलुलेलोअ)दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । कुनै नगरी नहुने काम छ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इबाबिबुबेबो)बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् ।

मिथुन (काकिकुकेकोह)दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् ।  आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो/सुन्तले र शुभ दिशा पूर्व हो ।

सिंह (मामिमुमेमोटाटिटुटे)कार्यक्षेत्रमा सफलता पाउनुका साथै सीप र प्रविधिको प्रयोग गरेमा वर्चस्व कायम हुने तथा प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुने राम्रो दिन छ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कन्या (टोपिपुपेपो)कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो ।

तुला (ररिरुरेरोतातितुते)ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

बृश्चिक (तोनानिनुनेनोयायियु)सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

धनु (येयोभिभुफाभे)कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।

मकर (भोजिखिखुखेखोगागि)गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कुम्भ (गुगेगोसासिसुसेसोद)बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

मीन (दिदुदेदोचि)अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो/सुन्तले र शुभ दिशा पूर्व हो ।

 

Ads

सम्बन्धित पोष्टहरू