Ads

लुम्बिनी प्रदेशमा पनि सांसद विकास कोष


लुम्बिनी । संघमा प्रत्यक्ष निर्वाचित सांसदलाई सांसद विकास कोष अन्तर्गत पाँच करोड विनियोजन भए जस्तै लुम्बिनी सरकारले पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सवा दुई करोडसम्मको योजना छान्न दिने गरी बजेटको तयारी गरेको छ।प्रदेशसभा सदस्यलाई दुई करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेट ल्याउने तयारी सरकारको छ ।

प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै योजना छान्न दिने र यसमा समानुपातिक सांसदलाई सहभागी नगराउने तयारी भएपछि विरोध शुरु भएको छ। अघिल्लो पटक पनि प्रदेशसभा सदस्यलाई सांसद विकास कोष उपलब्ध गराउने तयारी भएपनि राम्रो सन्देश नजाने भन्दै सांसदलाई योजना छान्न लगाइएको थियो ।

अघिल्लो पटक पनि प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड हाराहारीको बजेटमा पर्ने योजना छान्न लगाइएको थियो ।समानुपातिकको हकमा एक करोड हुँदै ६० लाखसम्म झरेको थियो । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा ३५ जना समानुपातिक सांसद छन् । यता मुख्यमन्त्रीको सचिवालयले भने समानुपातिक सांसदलाई योजना छान्न दिने विषयमा बजेट कटौती नभई कसरी व्यवस्थापन गर्ने बारेमा गृहकार्य भइरहेको जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू