Ads

सुस्तापूर्वको कालीगण्डकी करिडोरमा प्रहरीचौकी स्थापना


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कालीगण्डकी करिडोरमा प्रहरीचौकी स्थापना गरिएको छ। गैँडाकोट–३ ढोडेनीमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो।

कालीगण्डकी करिडोरको नवलपुरतर्फको क्षेत्रको सुरक्षा यसअघि गैँडाकोट इलाका प्रहरी कार्यालयले गर्दै  आएकामा अब अस्थायी प्रहरीचौकीले सो कार्य गर्नेछ। विगतमा सो क्षेत्रमा प्रहरीचौकी नहुँदा सामान्य दुर्घटनाको सूचना तथा उद्धारमा कठिनाइ हुने गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए।

गैँडाकोट–३ ढोडेनीस्थित वडा कार्यालय रहेको बहुउद्देश्यीय भवनमा प्रहरीचौकी स्थापना गरिएको हो । प्रहरी सहायक निरीक्षक (असई) नारायण रानाभाटको नेतृत्वमा छ प्रहरी तैनाथ छन् । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कालीगण्डकी करिडोरमा प्रहरीचौकी नभएको  गुनासो आएपछि चौकी स्थापना गरिएको बताए।

Ads

सम्बन्धित पोष्टहरू