Ads

आठबीसकोटका गुणस्तरहीन सडक भत्काइयो


रुकुम पश्चिम ।  रुकुम पश्चिम आठबीसकोट वडानम्बर ९ मा निर्माण गरिएका नाला र सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतले भत्काएको छ। नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काइएको हो ।

पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माणाधीन सडकको अनुगमनपछि नगरप्रमुख रवि केसीको टोलीले त्यस्तो निर्देशन दिएको हो । नगरप्रमुख केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादुर बटाला, वडासदस्य र पालिकाका

इन्जिनियर राजेश गौतमसहित सहभागी टोलीले आइतबार र सोमबार अनुगमन गरेको थियो । नगरपालिकाले गुणस्तर नभएको जनाएपछि स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतबाट प्राविधिक राजबहादुर विष्ट लगायतको टोलीले सोमबार अनुगमन गरिएको थियो ।

नगरपालिकामा भएको छलफलबाट गुणस्तरहिन काम भएको निर्माण व्यवसायीले स्वीकार गरेपछि भत्काएर पुनः काम गर्ने सहमति भएको छ । गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालिले लिएको सडकको ठेक्का मापदण्डविपरीत भएको पाइएको हो । १४ करोडमा आयोजनाको ठेक्का सम्झौता भएको थियो

Ads

सम्बन्धित पोष्टहरू