काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक अहिले बिहानको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार आजको बैठकमा संसदमा हुने मन्त्रालयगत बजेट छलफल र समसामयिक विषयमा छलफल हुनेछ ।
वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डाक्टर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बारेमासमेत मन्त्रिपरिषद्को बैठकले निर्णय गर्न सक्ने सम्भावना रहेको ती सदस्यले बताए ।
मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज दोस्रो सातासम्म रहेको छ । अर्याल यही असार ३ गते अवकाशमा जाने भएकोले त्यस अघि अघि नै नियुक्त गर्न लागिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्