Ads

नेप्सेमा सामान्य वृद्धि


काठमाडौं । जेठ महिना तथा साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो उतारचढाव भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।

बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् । बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू