काठमाडौं । फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १–० ले पराजित भएको छ ।
साफ च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सका लागि ४९ औं मिनेटमा जार्भी गायसोले गरेको गोल नै निर्णायक भएको हो ।
खेलको ४८ औं मिनेटमा नेपालले फल गरेपछि मिक ओटको कर्नरमा गोलरक्षक किरण लिम्बु र नेपाली खेलाडीहरु कर्नर जोगाउन गरेको हुलमुलको फाइदा उठाउँदै जाभीले गोल गरेका हुन् ।
दोस्रो हाफमा नेपालले केही मौका पाए पनि जवाफ फर्काउन सकेन ।
नेपाली टोली उतैबाट साफका लागि भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्