काठमाडौं । संवैधानिक व्यवस्था अनुसार आज सातवटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । कोशी बाहेकका ६ वटा प्रदेशले नियमित प्रक्रियाबाट बजेट ल्याउँदैछन् ।
कोशीले भने बिहीबार अध्यादेशमार्फत ३६ अर्बको बजेट ल्याइसकेको छ ।संघीय सरकारले भने जेठ १५ गते नै बजेट ल्याइसकेको छ । सरकारले गतवर्षको भन्दा कम बजेट ल्याएको र प्रदेशलाई दिइने
अनुदानमा पनि कटौती गरेपछि सबैजसो प्रदेशले आफ्नो बजेट गत वर्षको भन्दा कम ल्याउने भएका छन् । तर कर्णाली प्रदेशले भने यस वर्षको बजेट विगतको भन्दा केही बढ्ने जनाएको छ ।
बजेट सार्वजनिकको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित प्रदेशहरुले जनाएका छन् । आजको १५ दिनपछि अर्थात् असार १५ गते स्थानीय तहहरुले पनि बजेट सार्वजनिक गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्