Ads

एनएनटिभीको रियालिटी शो ‘लोकदोदोरी आइडल’को फूड पार्टनरमा स्टार फूडल्याण्ड


काठमाडौं । नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)बाट प्रसारण हुने तयारीमा रहेको लोकदोहोरी आइडलका लागि स्टार फुडल्याण्ड एण्ड ब्याङ्कैट फुड पार्टनरको रुपमा जोडिएको छ । लोक संस्कृति र कलाको संरक्षणको लागि आयोजना गर्न लागिएको पहिलो लोकदोहोरी आइडलमा फुड पार्टनरको रुपमा स्टार ग्रुप जोडिएको हो ।

लोक संस्कृतिको रक्षाका लागि योगदान पुगोस् भन्ने लक्ष्य र उद्धेश्यका साथ एनएनटिभीले मौलिक लोकदोहोरीको महासंग्रामका रुपमा देशभरिका प्रतियोगीहरुको स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गराउने यस लोक दोहोरी आइडलमा फुड पार्टनरको रुपमा स्टार ग्रुप जोड्रिएको ग्रुपका प्रबन्ध निर्देशक रिमेश केसीले बताए ।

स्टार फुडल्याण्ड एण्ड ब्याङ्कैट फुड पार्टनरसिपको रुपमा जोडिएको सम्बन्धी सम्झौता पत्रमा ग्रुपका प्रबन्ध निर्देशक केसी र एनएनटिभीको तर्फबाट प्रबन्ध निर्देशक श्याम सुन्दर धितालका साथमा बजार व्यवस्थापन प्रमुख दीलिप तामाङबीच हस्ताक्षर भएको छ ।

एनएनटिभीका प्रवन्ध निर्देशक धितालले साउनबाट देशव्यापी रुपमा अडिसन सुरु गरिने बताए । न्युजहाउस नेपालको जिज्ञासामा धितालले एनएनटिभीले देशको मौलिकताको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट प्रतिभा छनौट गर्ने जानकारी दिए ।

यस्ता प्रतियोगितात्मक कार्यक्रमले मनोरञ्जन प्रदान गर्ने मात्र नभइ देशको कला र संस्कृतिको बारेमा नयाँ पुस्ताले कर्तव्यबोध गर्ने विश्वास आफूहरुले लिएको उनको भनाइ रहेकोछ  ।  स्टार फुड ल्याण्ड एण्ड ब्याङिवटले अहिले काठमाडौंका सात स्थान भन्दा बढी आउटलेट सहित आफ्नो सेवा विस्तार गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू