काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिलला अदालतको फैसला आउने तयारी भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस प्रकरणमा पक्राउ परेका भीभीआईपीसहितका १८ जनाको सुनुवाइ सकिएसँगै थुनछेकको आदेश आउने भएपछि अदालत परिसर र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
विश्वसामु देशकै लागि लज्जाको विषय रहेको यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र वहालवाला सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायत १८ जनाको फैसला एकै पटक आउन लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज जिल्ला सरकारी वकिल कार्यालयबाट जवाफी बहस सकिएसँगै जिल्ला न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आदेश जारी गर्न लागेका छन् । यस प्रकरणमा आरोप लागेका १२ जना फरारको सूचीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्