Ads

१६ जना भीआईपीलाई जेल पठाउने २७ पृष्ठ लामो फैसलामा के छ ? (पूर्णपाठ)


काठमाडौं । काठमाडौं जिल्ला अदालतले शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । देशकै लागि लज्जा र व्यापक चर्चामासमेत रहेको यो प्रकरणमा जोडिएका ३० जनामध्ये १८ जनालाई पक्राउ गरी मुद्धा दायर गरेकोमा १६ जना पुर्पक्षका लागि कारागार चलान भए भने दुईजना धरौटीमा रिहा भए ।

पुर्पक्षका लागि कारागार चलान भएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन् सुरक्षा

सल्लाहकार ईन्द्रजित राई, नेपाली कांग्रेसका पूर्वसभासद् आङ्टावा शेर्पा, भुटानी शरणार्थीका मानवअधिकारकर्मी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमशेर मियाँ लगायतका भीआईपीहरु रहेका छन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले गरेको फैसलाका २७ पृष्ठ छन् । त्यहाँ अभियुक्तहरुले नक्कली शरणार्थी प्रकरणमा गरेका हर्कतदेखि उनीहरुलाई पुर्पक्षका लागि कारागार भलान गर्नु पर्नाका कारणहरु समेत उल्लेख गरिएको छ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठमा के छ :

Ads

सम्बन्धित पोष्टहरू