काठमाडौ । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरू हुँदैछ।
नेपाल र जिम्बावेबीचको खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा हुँदैछ। खेल नेपाली समयानुसार दिउँसो १२:४५ बजेदेखि सुरु हुनेछ।
घरेलु टोलीलाई हराएर प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ। जिम्बावे पनि घरेलु मैदानमा नेपाललाई हराएर सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
जिम्बावे विरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण छ, किनकि नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग एकदवसीय खेल खेल्दैछ।
यद्यपि नेपालले जिम्बावेसँग एकपटक ५० ओभरको खेल खेलिसकेको छ। सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेको सामना गरेको थियो। यद्यपि त्यसबेला नेपालले ओडीआई मान्यता नपाएकाले उक्त खेल ‘लिस्ट ए’ मान्यताको भएको थियो।
४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो।
नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।
प्रतिक्रिया दिनुहोस्