Ads

पत्रकार विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक


काठमाडौं । पत्रकार विमल नेपालको ‘पीपला’ उपन्यास सार्वजनिक भएका छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुस्तक सार्वजनिक भएको हो। पुस्तक सार्वजनिक समारोहमा लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले बोलेका थिए। कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्त्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ। लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे।

पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताए।

 

Ads

सम्बन्धित पोष्टहरू