पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ३ मा पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन् ।
उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए । फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १ र २ वटा जेविवी बगाइसकेको छ ।
फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले जनाएको छ । यस्तै फालेलुङको वडा नम्बर ५ र ३ जोड्ने माछेबुङ मोटरेबल पुल पनि बाढीले बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्