काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (भोलि) गरिने भएको छ ।
प्रधानमन्त्री निवास,बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।
मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्