काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएका कारणा बिजुली पटक पटक गइरहेको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले बिजुली कटौति नभइ सिस्टममा आएको समस्या कारण मध्य नेपाल र पश्चिम नेपालमा पटक पटक बत्ती जाने समस्या आएको बताए । समस्या पत्ता लागिसकेकाले अब बत्ती जाने समस्या विस्तारै हट्दै जाने विश्वास व्यक्त गरे ।
उनले धेरैजसो सबस्टेसन र प्रसारण लाइनमा फल्ट भएको बताए । गर्मी बढेसँगै तराईमा विद्युतको लोड बढेको उनको भनाइ छ । उनले कोहलपुर, बुटवल, वीरगन्ज क्षेत्रमा ठूलो मात्रामा लोड लिइरहेको बताए ।
त्यसलाई म्यानेज गर्न मार्जिनमा रहेर काम गरिरहेको उनको भनाइ छ । उनले खपत नहुने बिजुलीमात्रै बेच्ने गरेको बताए । उनले विद्युतका लागि लगानी चाहिएको बताए । यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्