काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटकाे जिम्बाब्वेविरुद्धकाे खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।
नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन् ।
जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको आठौँ ओभरमा सोमपालले नेपाललाई सफलता दिलाए ।
सोमपालले आठौँ ओभरको अन्तिम बलमा जिम्बाब्वेका जोएलर्ड गुम्बीलाई एलबीडब्लूको धरापमा पारे । गुम्बी २५ रनमा आउट भए ।
जिम्बाब्वेले अहिले आठ ओभरको समाप्तिमा एक विकेट गुमाएर ४५ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९० रनको योगफल खडा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्