Ads

२०८० आषाढ ४ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।

वृष ( इवाविवुवेवो )आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन ( काकिकुकेकोहा )नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

सिंह ( मामिमुमेमोटाटिटुटे )आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

कन्या ( टोपापिपुपेपो )आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

तुला ( रारिरुरेरोतातितुते )आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )आज राजनैतिक कार्यमा बाधा आउनसक्छ । घाँटीमा समस्या आउला, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्नेछ ।

धनु ( येयोभाभिभुधाफाढाभे )आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन ( दिदुदेदोचाचि )खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनसक्छ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू