Ads

पाँचथरमा पहिरोमा फसेका १० जनाको हेलिकोप्टरबाट उद्धार


पाँचथर । पाँचथरको याङवरक १ फेदीगाउँमा पहिरोमा फसेका तीन घरका १० जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी याङवरक १ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार देखिको वर्षाका कारण फेदीगाउँमा माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू