Ads

कोशी सरकार र आन्दोलनरत पक्षबीच वार्ता,थप छलफल गर्ने सहमति


काठमाडाैँ । आन्दोलनरत पहिचानवादी र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता भएको छ ।

वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् ।
उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि बताए ।

पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका
खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताए ।

उनले दुबै पक्षले फेरि वार्ता गर्ने सहमति गरेको जानकारी दिए । उनले भने, ‘विषय र माग उठान भएका छन् । फेरि घनीभूत छलफल गर्ने गरी पुनः वार्तामा बस्छौं ।’

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए ।
यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।

आन्दोलन बढ्दै गएपछि सरकारले मन्त्री मेन्याङ्वोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो भने सङ्घर्ष समितिले आइतबारमात्रै वार्ता समिति बनाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू