Ads

सेयर बजार आज सामान्य अंकले घट्यो, ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार


काठमाडौं । अघिल्लो दिन उच्च अंकले वृद्धि भएको सेयर बजार आज सामान्य अंकले ओरालो लाग्यो ।  आज नेप्से परिसूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ। आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेर बन्द भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

२७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ४ अर्ब  ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँमा सेयर खरिदबिक्री भयो । आइतबार २८० कम्पनीको  १ करोड २० लाख ९५ हजार ९६६  कित्ता सेयर ४ अर्ब ८६  करोड ९१ लाख ८४ हजार १६  रुपैयाँमा खरिदबिक्री

भएको थियो । आज ६ बढी कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । २९ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार गरी  शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।

यस्तै नेपाल दूरसञ्चार कम्पनी १८ करोड र सोल्टी होटलको १७ करोड बढि मूल्यको सेयर कारोबार भयो । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य घट्यो भने ५ को मात्रै बढ्यो ।

डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट,म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक उकालो लाग्दा बाँकी ८ को सूचक घटेको हो । यसदिन १४२ कम्पनीको मूल्य घट्दा ८० को मात्रै मूल्य बढ्यो ।

Ads

सम्बन्धित पोष्टहरू