काठमाडौं । उपप्रध्यापक प्रेम चलाउने रिहा भएका छन् ।
सोमबार दिउँसो २ बजेतिर काठमाडौं जिल्ला अदालतपरिसरमा होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेसहित ६ लाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी परिसर टेकुका प्रवक्ता सीताराम रिजालले नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई छोडिएको जानकारी दिए ।
“चलाउनेसहितका व्यक्तिहरूले अदालतमा होहल्ला मच्चाएका कारण नियन्त्रणमा लिएका थियौँ । तर, उँहाहरूलाई बुझाएर छोडिसकियो,” रिजालले भने ।
चलाउनेमाथि ०७७ असोज २० गते त्रिविकै परिसरमा भएको हमलामा संलग्नहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।
सरकारले उक्त मुद्दा फिर्ता गर्न महान्यायाधिवक्तामार्फत जिल्ला सरकारी वकिल कार्यालयलाई आइतबार पत्र पठाएको थियो । सरकारको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध चलाउनेसहित सोमबार दिउँसो धर्ना दिन जिल्ला अदालत परिसर पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्