Ads

काठमाडौंसहित १७ जिल्लामा फैलियो दादुरा संक्रमण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले हालसम्म देशका १७ जिल्लामा दादुराको संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाअन्तर्गतको खोप शाखाको तथ्यांकअनुसार राजधानी काठमाडौंसहित देशका १७ जिल्लामा १ हजार २१ जनामा संक्रमण फैलिएको हो ।

यसरी दादुरा फैलिएका जिल्लाहरुमा काठमाडौं, चितवन,अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोट रहेका छन् ।

हाल सरकारले देशव्यापी रुपमा दादुरा विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेकै समयमा संक्रमण फैलिएको हो । यो सउंक्रमणबाट बच्न जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक खोप लगाउनुपर्छ ।

Ads

सम्बन्धित पोष्टहरू