काठमाडौं । उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै पाँचौं सफलता दिलाएका छन् ।
टस जितेर बलिङ थालेको नेपालका लागि आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रले गदानन्द सिंहलाई २१।३ ओभरमा आरिफ शेख बाट क्याच आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाए । यसअघि करण केसीले उत्कृष्ट बलिङ गर्दै पावर प्लेमा अमेरिकाका ४ बलरलाई पभेलियन फर्काएका थिए ।
पाँच विकेट गएसँगै अमेरिका यतिबेल दबावमा रहेको छ । शिर्ष क्रमका मुख्य ब्याटर गुमाईसकेको अमेरिकाले यो समाचार लेखिसक्दा २२।५ ओभरमा ५ विकेट गुमाएर ७४ रन मात्रै बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्