काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले अहिले कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कुवेतविरुद्ध नेपाल २-० गोलले पछाडी परेको छ ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।
यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्