Ads

रुसमा कारखानामा विस्फोट : ४ जनाको मृत्यु


मस्को । रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास  समाचार एजेन्सीले जनाएको छ।

मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ( यो आतङ्कवादी हमला थिएन।  यद्पयि त्यहाँ कुनै हताहती भने भएन, ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।

उनले  दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू