Ads

अमरेशकुमार सिंहको प्रश्न : काठमाडौंमा १० आंगिक क्याम्पस हुँदा मधेसमा एउटा पनि नहुने किन ?,


काठमाडौँ, । सांसद अमरेशकुमार सिंहले राज्यले सुनियोजित रूपमा मधेसलाई शिक्षा र स्वास्थ्यबाट बञ्चित गरेको आरोप लगाए ।

बुधबार प्रतिनिधि सभामा मन्त्रालयग बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंहले मधेका जनता शिक्षित भए उनीहरूले आफ्नो हक अधिकार माग्छ भन्ने डरले सत्तामा बसेकाहरूले नियोजित रूपमा मधेसी जनतालाई शिक्षा र स्वास्थ्यको हकबाट बञ्चित गरेको बताए ।

काठमाडौंमा दस वटा आंगिक क्याम्पस हुँदा मधेसका चार जिल्ला सर्लाही, महोत्तरी, बारा र पर्सामा एउटै पनि आंगिक क्याम्पस नहुनुले पनि राज्य मधेसविरूद्ध कति नियोजित रूपमा लागेको छ भन्ने पुष्टी हुने सिंहले बताए ।

‘मधेशको जनसंख्या तीस लाख छ । काठमाडौंमा ४० लाख जनसंख्या हुँदा दस वटा क्याम्पस हुने मधेसमा तीस लाख हुँदा एउटा पनि नहुने किन?,’ उनले भने, ‘त्यहाँको जनताले के बिगारेको छ? त्यहाँको जनता नेपाली होइन?

उनले मधेसमा एउटा पनि सरकारी मेडिकल कलेज नहुनुपने राज्य मधेसप्रति कति पक्षपाती छ भन्ने प्रमाणीत हुने बताए ।

‘सुनियोजित तरिकाले मधेसमा शिक्षा स्वास्थ्य ध्वस्त गरिएको छ। त्यहाँ सय सय विद्यार्थीमा एउटा शिक्षक हुन्छ । त्यो पनि विद्यालय आउँदैन किनकी सबै दलका झोले छन्,’ उनले भने।

सिंहले शिक्षक सेवामा दलीय ट्रेड युनियन बन्द गर्नुपर्ने बताए। ‘सरकारको तलब खाएर दलको झोला बोक्न मिल्छ?,’ उनको प्रश्न छ।

Ads

सम्बन्धित पोष्टहरू