Ads

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ । नेकपा (माओेवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको आह्वान गरेको छ ।

बैठक आगामी २३ असारमा कमलादीस्थित प्रभा भवनमा बस्नेछ ।

बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारी पनि सहभागी हुनेछन् ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा घात, अन्तरघात, कमजोरी भए लिखित प्रतिवेदन असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन सकिने सर्कुलरमा उल्लेख छ ।

यस्तै, लेबी बुझाउन बाँकी रहेका केन्द्रीय सदस्य, प्रदेशले बुझाउनुपर्ने २० प्रतिशत लेबी र ०७८ पुसमा भएको महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी रहेका प्रदेशको हिसाब केन्द्रीय कमिटी

बैठकअघि मिलान गर्न पनि सर्कुलरमा भनिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू