काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा वेष्ट इन्डिजविरुद्ध नेपालले ३४० रनको लक्ष्य पाएको छ ।
जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले पूरा ओभर खेलेर ७ विकेट गुमाएर ३३९ रन जोड्यो ।
वेष्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पूरन दुवैले शतक प्रहार गरे । शाई होपले १२९ बलमा १३२ रन जाेडेका थिए ।
निकोलस पूरनले ९४ बलमा १ सय १५ रन बनाएका थिए । पूरन र होपले वेष्ट इन्डिजलाई चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्