Ads

आजदेखि देशब्यापी रुपमा हिन्दी चलचित्र चलाउने


काठमाडौं । नेपाली सिनेमाका हल सञ्चालकहरुले आजदेखि देशब्यापी रुपमा हिन्दी चलचित्र चलाउने भएका छन् । उनीहरुको संस्था नेपाल चलचित्र संघको बिहीबार बेलुका बसेको बैठकले हिन्दी चलचित्र चलाउने निर्णय गरेको हो ।

अघिल्लो हप्तादेखि प्रदर्शनको मिति तय गरिएको दक्षिण भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय पुत्री भएको भन्ने संवाद समावेश गरिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले तीनदिनभित्र उक्त दृष्य र संवाद नसच्याए महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका थिए ।

यद्यपी उक्त अवधिमादृष्य नसच्याएपछि सोमबारबाट हिन्दी चलचित्रको प्रदर्हन बन्द गरिएको थियो । मेयर बालेन्द्रको कदममा समर्थन जनाउँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पनि हिन्दी चलचित्र नचलाउने निर्णय गरेका थिए ।

त्यसपछि देशव्यापी रुपमा हिन्दी चलचित्र बन्द गरेका हल व्यवसायीहरुले उच्च अदालत पाटनमा रिट दर्ता गरेका थियो । बिहीबार उच्च अदालतले हिन्दी चलचित्र नरोक्न आदेश दिएपछि पनि मेयर साहले उक्त आदेश नमान्ने भन्दै बरु सजाय भोग्ने तर हिन्दी चलचित्र चल्न नदिने बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू