काठमाडाैं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो। तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो
तर त्यसपछिको सबै सेट तुर्किमिनिस्तानले आफ्नो पक्षमा पार्यो । तुर्किमिनिस्तानले खेलको तेस्रो सेट २६–२४ ले जित्यो भने खेलको चौथो सेट २५–२० सहित विजयी भयो ।
जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो। यसअघि नेपालले पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानको ए टोली र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो। अब नेपालले आफ्नो पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग आज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्