Ads

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति सामान्य र स्थिर


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिति सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको अवस्था सामान्य र स्थिर रहेको जानकारी दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जानकारी गराइन्छ, सेन्टरका कार्यकारी निर्देशक प्रा‌.डा. रत्न मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि मंगलवार स्थायी रूपमा पेस मेकर राखिएको थियो ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार बिहान ३ बजे अस्पतालमा भर्ना भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू