काठमाडौं । जनता समाजवादी पार्टीले यथास्थितिमा बजेट पास गर्न नदिने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास गर्न नदिने निर्णय गरेको हो।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले बजेट समावेशी नभएको भन्दै संसदीय दलको बैठकले पास गर्न दिने निर्णय गरेको बताए। उनले अहिलेको बजेट नेतामुखी भएको बताए।
‘सरकारले ल्याएको बजेट समावेशी र सन्तुलित छैन। यो बजेट नेतामुखी भयो। यसले अर्थतन्त्रलाई उकास्दैन,’ उनले भने।
उनले अर्थतन्त्रमा मन्दी छाएको सरकारले बताइरहे पनि अर्थतन्त्र सुधारका लागि बजेटमा गुरुयोजना नदेखिएको उनको भनाइ छ।
‘अर्थतन्त्रमा समस्या छ भनिरहेका छौं। तर अर्थतन्त्र सुधारका निम्ति बजेटमा केही गुरुयोजना देखिएन,’ उनले भने।
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्