Ads

ल्याबमा बनेको मासु बिक्रीका लागि अमेरिकाले दियो स्वीकृति


काठमाडौं । संयुक्त राज्य अमेरिकाले ल्यावमा बनाइएको कुखुराको मासु बिक्रीलाई अनुमोदन गरेको छ ।

याे अनुमाेदनले मासु उत्पादनको क्षेत्रमा नयाँ युगमा प्रवेश गरेकाे विश्वास गरिएको छ ।
यसले खाद्य उत्पादनको वातावरणीय प्रभाव घटाउन पनि मद्दत गर्ने अपेक्षा गरिएको छ ।

अपसाइड फुड्स र गुड मिट कम्पनीलाई कृषि विभागले ल्यावमा तयार भएको मासु बिक्रीको अनुमित दिएको हो ।
खाद्य तथा औषधि प्रशासनले गत नोभेम्बरमा दुवै कम्पनीलाई जनावरहरूको कोषिका ‘कल्टिभेट’ गरी प्रयोगशालामा बनाइएको मासु बिक्रीका लागि बाटो खुला गरेको थियो । कृषि विभागले भने गत हप्ता अनुमति दिएको हो ।

प्रयोगशालामा बनेर खाने बेलासम्म आइपुग्दा यस्तो मासुलाई ‘सेल–कल्टिभेटेड’ वा ‘कल्चर्ड’ मासु भनिएको छ ।
गुड मिट सञ्चालक इट जस्टका सहसंस्थापक एवं प्रमुख कार्यकारी जोश टेट्रिकले ठूलो मेहनत गरी पालेर जनावर मार्नु भन्दा फरक तरिकाले मासु उत्पादन गर्न सकिने बताए ।

सन् २०२० मा सिंगापुरमा सार्वजनिक गरेपछि अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा बिक्रीका लागि स्वीकृति पाएको उनको भनाइ छ ।
अपसाइड फुड्सका सीईओ एवं संस्थापक उमा भलेतीले स्वीकृति पाएसँगै मासु खानका लागि कसरी बन्छ भन्ने मौलिकता नै परिवर्तन गर्ने बताएका छन् ।
यसरी बनेको मासुको पहिलो अर्डर अपसाइड कम्पनीले सान फ्रान्सिस्को स्थित एक रेस्टुरेन्टका लागि तयार गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू