काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले धर्ना तथा आन्दोलनको घोषणा गरेको छ। भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नु पर्नेमा हालै आएको संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको संघका अध्यक्ष उमेश अधिकारीले बताए। उनले असार १० गतेबाट शान्तिपूर्ण आन्दोलन, धर्ना तथा बिरोधका कार्यक्रम गर्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्