रुकुम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का कर्णाली प्रदेश मामिला समितिका सभापतिमा परेको छ । खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नौ घाइते भएका हुन् ।
भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको चालक गिरीले बताएका छन् । इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्