Ads

विश्वकप छनोट: नेपालद्वारा नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो समूहको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १६८ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङको सिकार हुँदा कमजोर लक्ष्य प्रस्तुत गर्‍यो । नेपालका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपाल नेदरल्यान्ड्स सामु ४४.३ ओभरमा १६७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए । त्यस्तै, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए । थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्सन झा १५ रनमा आउट भए । त्यस्तै, सन्दीप लामिछानेले २७ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा विक्रम जित सिंह र बास दि लिडले समान २–२ विकेट लिए । त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दतले समान १–१ विकेट लिएका थिए । आजको खेलमा नेपाललाई ‘सुपर सिक्स’मा पुग्नका लागि जितबाहेकको विकल्प छैन । नेपाल पराजित भएमा नेदरल्यान्ड छनोट हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू